दफा २९
बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार
(१) विश्वविद्यालयले गरेको आविष्कार, उत्पादन वा अन्य कुनै आधारमा प्राप्त गर्ने बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार प्रचलित कानून बमोजिम विश्वविद्यालयमा सुरक्षित रहनेछ ।
(२) उपदफा (१) बमोजिमको बौद्धिक सम्पत्तिको उपयोग वापत सम्बन्धित अध्यापक वा अनुसन्धानकर्तालाई विश्वविद्यालयले तोके बमोजिमको सेवा वा सुविधा प्रदान गर्न सक्नेछ।